१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा थपिए ७०८ कोरोना संक्रमित

१४ पुस, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ३१२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४० पुगेको छ ।

प्रकाशित मिति : December 29, 2020 at 5:06 pm