१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

भारतद्धारा प्याज निकासीमा लगाएको प्रतिबन्ध फुकुवा

१४ पुस, काठमाडाैँ । प्याज निकासीमा लगाएको प्रतिबन्ध भारतले फुकुवा गरेको छ । अंग्रेजी नयाँ वर्षबाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले विगत ४ महिनादेखि लगाउँदै आएको प्याज निर्यातको प्रतिबन्ध हटाउँदै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको छ । आन्तरिक उत्पादन कम भएपछि भारतले गत २९ भदौ (१४ सेप्टेम्बर) बाट प्याजको विदेश निर्यातमा रोक लगाएको थियो ।

प्रकाशित मिति : December 29, 2020 at 1:45 pm