१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

हृदयघातका कारण १ उखु किसानको मृत्यु

१४ पुस, काठमाडौँ । उखु बेचेको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौँ आएका सर्लाहीका ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ । सर्लाही धनकौल छोटवल टोलका किसान नारायण रायको हृदयघातका कारण मृत्यु भएको छ। उनको आज विहान उपचारका क्रममा शहीद गंगालाल राष्ट्रिय हृदयरोग अस्पतालमा निधन भएको हो।

 

विगत १७ दिनदेखि आन्दोलन किसानलाई २१ दिन भित्र सबै रकम भुक्तानी गर्ने सम्झाैता भएपछि हिजो किसानले आन्दोलन स्थगित गरेका थिए। समाजवादी पार्टी सर्लाहीका नेता केदारनन्द चौधरीका अनुसार सोमबार सरकासँग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति जनाएका थिए । ‘मृतक यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हमार रुपैयाँ पाउन बाँकी थियो, काठमाडौँमा जारी आन्दोलनपछि आफूले एक रुपैयाँ पनि बक्यौता नपाएको उनले बताएका थिए,’ चौधरीले भने, ‘बिहान पाँच बजे फोन गररे यादवले स्वास्थ्य खराब भएको बताए, त्यसपछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।’

प्रकाशित मिति : December 29, 2020 at 12:31 pm