चिनियाँ टोली र देउवाबीच बुढानिलकण्ठमा भेटवार्ता
१४ पुस, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले भेटवार्ता गरिरहेको छ।
चिनियाँ टोली देउवालाई भेट्न उनकाे निवास बुढानिलकण्ठ पुगेका छन्। नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको धारणा बझ्न चिनियाँ टाेली बुढानिलकण्ठ पुगेको हो।

आइतबार नेपाल भ्रमणमा आएको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग भेट गरिसकेको छ।
प्रकाशित मिति : December 29, 2020 at 11:08 am



