१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा थपिए ६५९ कोरोना संक्रमित

१३ पुस, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । हालसम्म कोरोनाकाे सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ रहेको छ ।


पछिल्लो २४ घण्टामा थप ७१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५० हजार ५८१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : December 28, 2020 at 4:44 pm