१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि

१२ पुस, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३८२८ नमुना परीक्षण गर्दा ४८१ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ लाख ५८ हजार पुगेको छ । हाल देशभर ६ हजार ४९३ संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४९ हजार ८६३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८२५ पुगेको छ ।

प्रकाशित मिति : December 27, 2020 at 5:04 pm