प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो बर्खास्त
११ पुस, काठमाडाैँ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो बर्खास्त भएका छन । मुख्यमन्त्री शेरधन राईले आङ्बोलाइ शनिबार साँझ बर्खास्त गरेका हुन ।

मुख्यमन्त्री राईले संविधानको धारा १६९ को ९२० ख बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । आङ्बो मुख्यमन्त्रीविरूद्ध अविश्वासको तयारीमा लागेका थिए ।
प्रकाशित मिति : December 26, 2020 at 8:25 pm



