राैतहटका गरिबका लागि सशस्त्र प्रहरी परिवार महिला संघको न्यानो कपडा
११ पुस, राैतहट । सशस्त्र प्रहरी परिवार महिला संघले रौतहट जिल्लाको जुडिबेला २ मा शितलहरबाट प्रभावित स्थानीयहरुलाई न्यानो कपडा बितरण गरेको छ । शुक्रबार सो ठाउँमा आयोजित कार्यक्रममा २ सय २३ थान पोलार ब्ल्याङ्केट र २ सय २३ थान झुल वितरण गरिएको हो ।

कार्यक्रम सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती सरिता कँणेल खनालले सामाजिक सेवा गर्दै आएको संघले आगामि दिनमा समेत आफ्नो साधन श्रोतले भ्याए सम्म यस प्रकारको सहयोग जारि राख्ने बताउनु भयो । न्यानो कपडा पाउंदा खुशि लागेको स्थानियले बताएका थिए ।
उक्त कार्यक्रममा बडा अध्यक्ष दुप्त बहादुर थिङले सशस्त्र प्रहरि महिला संगको सेवाभाबको प्रसंसा गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सघका पदाधिकारी लगायत स्थानियहरू भद्रभलादमीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : December 26, 2020 at 5:06 pm



