४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

सवारी चालक अनुमति पत्रको अनलाइन फारम खुला (सूचनासहित)

१० पुस, काठमाडाैँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन फारम खुला गरेको छ । यही पुस १४ गतेदेखि लागू हुने गरी विभागले सवारी चालक अनुमति पत्र लिन भरिने अनलाइन फारम खोलेको हो । १० महिनादेखि सवारी चालक अनुमपत्र लिन योग्य भएर पनि नयाँ फारम भरेर पक्रियामा सहभागी हुन नपाएकाहरूका लागि यसले महत्वपूर्ण राहत दिनेछ ।

विभागले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै गत चैत्र ११ गतेदेखि बन्द भएको सवारी चलाक अनुमति पत्रको अनलाइन फारम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड पालना गरी यही पुस १४ गते मंगलबारदेखि खुला गरिने विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिएका छन ।

प्रकाशित मिति : December 25, 2020 at 4:57 pm