विद्यार्थी आन्दोलनका अघि झुक्यो आयल निगम, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
३ असार, काठमाडौं । विद्यार्थी आन्दोलनका अघि नेपाल आयाल निगम झुकेको छ । निगमले पेट्रोलिय पदार्थको पछिल्लो पटकको मूल्यवृद्धि फिर्ता लिएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ ।
यसघ लिटरको ११३ रुपैयाँ थियो । त्यसैगरी डिजेल र मिट्टतेलको मूल्य पनि प्रतिलिटर २/२ रुपैयाँ घटेको छ । अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ भएको छ । यसअघि प्रतिलिटर मूल्य ९५ रुपैयाँ थियो ।
प्रकाशित मिति : ३ असार २०७५, आईतवार २०:०२