प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव समूह सडकमा
१० पुस, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । प्रचण्ड, नेपाल लगायतका नेताहरूले छातीमा ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड लगाएर कार्टुन ओछ्याएर विरोध प्रदर्शन गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ हुँदैछ । माइतीघरको प्रदर्शनपछि प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाने तयारी गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीको आधिकारिकता दाबी गर्न बहुमत केन्द्रीय सदस्यसहित उनीहरू निर्वाचन आयोग जान लागेका हुन् ।
प्रकाशित मिति : December 25, 2020 at 11:29 am



