संवैधानिक इजलासका लागि तोकिए न्यायाधीश
१० पुस, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाईका लागि संवैधानिक इजलास तोकिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी तोकिएका छन् ।

न्यायपरिषदको सिफारिसमा परेका १४ जना न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेका हुन् । प्रतिनिधिसभा विघटन संवैधानिक विषय बनेकाले यसको टुंगो लगाउन संवैधानिक इजलासमा पठाउने आदेश राणाको एकल इजलासले बुधवार दिएको थियो ।
प्रकाशित मिति : December 25, 2020 at 11:08 am



