१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

संसद विघटनको विरूद्धमा परेको सबै रिट प्रधानन्यायाधीश राणाको इजलाशमा

८ पुस, काठमाडाैँ । संसद विघटनको विरूद्धमा परेको सबै रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको इजलाशमा परेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश राणाले हेर्ने लागेका हुन ।

संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै सर्वोच्च अदालतमा दायर १२ वटै रिट प्रधानन्यायाधीश राणाको एक इजलासमा राखिएको हो। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णयसहित गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन्।

प्रकाशित मिति : December 23, 2020 at 12:08 pm