१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

ओलीलाई कारबाही गर्छाैँ, पार्टी फुट्न दिन्नः प्रचण्ड

६ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने बताएका छन । सोमबार एउटा विज्ञप्ति जारी गर्दै प्रचण्डले ओलीलाई अनुशासनको कारवाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय भइसकेको भन्दै कुनै व्यक्तिको पार्टी विरोधी गतिबिधिले पार्टी एकतालाई भत्काउन नसक्ने बताएका छन् ।

प्रचण्डले नेकपा एकताबद्ध रहेको र कुनै व्यक्तिको पार्टी,राष्ट्र र जनता विरोधिी कार्यले पार्टी एकतालाई तात्विक असर नपर्ने बताएका हुन् । उनले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवपृति र तत्वहरुका विरुद्ध एकताबद्ध भएर उभिन कार्यकर्तालाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : December 21, 2020 at 11:45 am