१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या, प्रयोगकर्ताको सबै फोन ‘वान वे’

१ पुस, काठमाडौँ । नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या देखिएको छ । यसका कारण मंगलबार रातिदेखि हजारौं पोस्टपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको छ ।  टेलिकममा अनुसार अहिले समस्या पत्ता लगाउने काम तीव्र गतिमा भइरहेको छ। तर, समस्या अहिलेसम्म पत्ता लागिनसकेको टेलिकमको भनाइ छ।

 हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीमा आएको समस्याका कारण ब्यालेन्स भएपनि कतिपय फोन ‘वान वे’ भएका छन् । समस्या समाधानका लागि काम भइरहेको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : December 16, 2020 at 1:11 pm