२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सिनर्जी पावरले घोषणा गर्यो लाभांश

१ पुस, काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको आम्दानीबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेर साधारणसभा आह्वान गरेको छ। मंसिर ३० गते मंगलबार बसेको कम्पनीको  सञ्चालक समितिको बैठकले कम्पनीका सेयरधनीहरूलाई ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । कम्पनीले  पुस २२ गते बिहान ११ बजे भर्चुअल माध्यामबाट साधारण सभा आह्वान गरेको छ। कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १२ गतेदेखि बुकक्लोज गर्ने भएकोले पुष ११ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।

प्रकाशित मिति : 12:24