संवैधानिक परिषद्को बैठक जारी, सभामुख गएनन्
३० मंसिर, काठमाडौँ । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । परिषद्का अध्यक्ष समेत रहका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसिरहेको छ । यसअघि आइतबार बोलाइएको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका सदस्य उपस्थित रहेका छन । तर सभामुख अग्नि सापकोटा गएका छैनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन् । कांग्रेसले अख्तियार तथा निर्वाचन आयोग र अरु निकायमा समेत सम्मानजनक स्थान दिनुपर्ने माग गरेको छ ।

संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । संवैधानिक परिषद्सम्बन्धी ऐन, २०६६ अनुसार परिषद्का अध्यक्ष र चारजना सदस्य उपस्थित भएमा मात्रै परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिन्छ ।
प्रकाशित मिति : December 15, 2020 at 10:21 am



