१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

आगलागीबाट एक करोड बराबरको क्षति

२९ मंसिर, मलङ्गवा । सर्लाहीको हरिवन नगरपालिकामा गएराती कपडा गोदाममा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ । वडा नं ११ स्थित बजारमा रहेको कैलाश साह, सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गर्नुभएको कपडा पसलमा आगलागी हुँदा रु एक करोड भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

फाइल फाेटाे

गएराती १२ः४० बजेको समयमा कपडा गोदाम र पसलमा आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियवासी र बारुण यन्त्रणको सहयोगमा राती २ः२० बजेको समयमा आगो नियन्त्रणमा आएको थियो । घरमा आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलगी कसरी भयो भन्ने एकिन हुन सकेको छैन ।

प्रकाशित मिति : December 14, 2020 at 11:15 am