१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

अख्तियारका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा

२९ मंसिर, काठमाडाैँ । विशेष अदालतले ललिता निवास प्रकरणका आरोपित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न आदेश गरेको छ । मुद्दा पुर्पक्षका क्रममा थुनामा राख्न विशेषले आइतबार आदेश गरेको हो । आदेश अनुसार बस्न्यातलाई डिल्लीबजार कारागार चलान गरिएको छ । विशेषको थुनछेक आदेश उपर चित्त नबुझे बस्न्यातले सर्वोच्चमा निवेदन दिन पाउनु हुनेछ ।


भूमिसुधार मन्त्रालयको सचिव भएका बेला सरकारी जग्गा हिनामिनामा उनको भूमिका रहेको आरोप छ । ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।

प्रकाशित मिति : December 14, 2020 at 7:37 am