१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

ललिता निवास जग्गा प्रकरण: अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्‍न आदेश

२८ मंसिर, काठमाडाैँ । भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न  विशेष अदालतले आदेश दिएको छ ।

आइतबार बस्न्यातलाई विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनामा पठाउन आदेश दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई विशेष अदालत उपस्थित गराएर ४ घन्टा बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

अख्तियारले बस्न्यातमाथि भ्रष्टाचार निवारण ऐनअनुसार तीन वटा अभियोग लगाएको छ। सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएको। यस्तै नेपाल सरकारलाई हानी पुर्‍याउने बदनियतले लिखत तयार गरेको र सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको सहित तीन वटा अभियोग लगाएको छ।

बस्न्यातले विशेष अदालतकाे यो आदेशमा चित्त नबुझे सर्वोच्च अदालतमा निवेदन दिन पाँउछन् ।

प्रकाशित मिति : December 13, 2020 at 6:59 pm