३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

चिनियाँले जिम्मा लिएको नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणमा ढिलासुस्ती

-प्रशान्तजंग पाण्डे

२६ मंसिर, नुवाकोट । चीन सरकारले पुनर्निर्माणको जिम्मा लिएको नुवाकोट दरबारको काम रोकिएको करिब एक वर्ष पुग्यो तर सुचारूको संकेत देखिएको छैन । सरकारसँग दरबार पुनःनिर्माणका लागि सम्झौता गरेर नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणका लागि काम थालेको चीनले बीचमै काम छाडेको छ ।

नयाँ वर्ष, कोरोना र फेरि आउन लागेको नयाँ वर्षलाइ मुल कारण देखाइएको भए पनि काममा ढिलासुस्ती हुनुले विभिन्न शंका उत्पन्न गरेको स्थानीयले बताएका छन । यद्यपी विदुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष वीरेन्द्र शाहीले अब चिनियाँ नयाँ वर्ष सकिएपछि कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले चिनियाँ कामदार बीचमा आएर रेट्र्रोफिटिङका लागि ठड्याइको बारमा कसिएका नटहरू थप कसिलो बनाएर गएको जानकारी दिनुभयो ।

उहाँका अनुसारले चिनियाँ कामदारले नयाँ वर्ष सकिएपछि आउने बताएका छन । चिनियाँहरूले फ्रबुअरी १२ मा नयाँ वर्ष जस्तैगरी चाड मनाउने गरेका छन । साता व्ययापी रूपमा उक्त चाड मनाइने हुुँदा मार्चको पहिलो सातासम्ममा चिनियाँ कामदार नेपाल आएर काम सुरू गर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।

चिनियाँहरूले जिम्मा लिएर गरिरहेका अन्य काम नियमित रूपमा भैरहेको भए पनि नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणमा मात्र ढिला सुस्ती हुँदा जिम्मा लिएर काम अलपत्र पार्न खोजेको हो कि भनेर स्थानीयले आशंका गरेका हुन । पहिलो चरणमा साततले दरबार र त्यसपछि तलेजु भवानीको मन्दिर, रङ्गमहल, लामपाटी र सेतोपाटी निर्माण गर्ने गरी सम्झौता भएको छ ।

  

प्रकाशित मिति : December 11, 2020 at 12:28 pm