कोरोना संक्रमणबाट नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन
२५ मंसिर, काठमाडौँ । दक्षिण कोरियाका लागि पूर्व राजदूत एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएको छ । कोरोना संक्रमण भएपछि ६९ वर्षीय लामा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत थिए।
भेन्टिलेटरमा उपचारकाे क्रममा उनको बुधबार राति १० बजे निधन भएको अस्पतालले जनाएको छ। उनि मिर्गौला, मधुमेह र उच्च रक्तचापको बिरामी थिए। काभ्रेपलाञ्चोकको साविक चौरी देउराली गाउँपालिका घर भएका लामा काठमाडौँ ठमेलमा बस्दै आएका थिए।

२०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार भएका लामा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद भएका थिए। काभ्रेका वौद्धिक र अग्रज नेता लामा नेकपाका केन्द्रीय सदस्य समेत थिए।
प्रकाशित मिति : December 10, 2020 at 10:10 am



