कतार सरकारद्वारा नेपाल सरकारलाई उपहार स्वरूप तीन वटा मर्सिडिज कार प्रदान
२४ मंसिर, काठमाडाैँ । कतार सरकारले नेपाल सरकारलाई तीन वटा मर्सिडिज कार उपहार स्वरूप प्रदान गरेको छ । परराष्ट्र मन्त्रालयको प्राङ्गणमा आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदुत युसुफ विन मोहम्मद अल-हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई सांचो सहित मर्सिडिज कार हस्तान्तरण गर्नुभयो ।

उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धेरै धन्यवाद दिनुभयो । उहाले भन्नुभयो कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पुर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु
।
प्रकाशित मिति : December 9, 2020 at 3:17 pm



