अवैध लागूऔषध सहित सप्तरीका १ जना पक्राउ
२४ मंसिर, सप्तरी । बलानबिहुल गाउँपालिका-६ बिहुल पुलबाट १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । खडक नगरपालिका-११ बनौली बस्ने ४५ वर्षीय शैलेन्द्र यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स.२ प ३४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : December 9, 2020 at 1:22 pm



