१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

तनहुँमा हिंसापीडित कोष स्थापना

२४ मंसिर, तनहुँ । तनहुँको व्यास नगरपालिकाले रुएक लाखको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयासम्म कोषबाट सहयोग गर्न सकिने छ । आर्थिक अवस्था कमजोर भएका महिलालाई सहयोग प्रदान गर्न कोष स्थापना गरिएको नगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीरा जोशीले बताउनुभयो ।

कतिपय महिला औषधि उपचार, खान लाउन नपाएको र महिला हिंसाबाट पीडित भएको भनेर आउने गरेकाले सहयोग गर्न उक्त कोष बनाइएको उहाँले जानकारी दिनुभयो । नगरप्रमुख बैकुण्ठ न्यौपानेले महिला हिंसा चेतनामूलक कार्यको लागि लाग्ने आवश्यक खर्च नगरपालिकाले व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । हिंसापीडित महिलालाई परामर्श आवश्यक पर्ने हुँदा नगरपालिकाले सहयोग गर्दै जाने उहाँले बतउनुभयो ।

प्रकाशित मिति : December 9, 2020 at 12:32 pm