१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

स्वास्थ्य मापदण्ड पालना गर्दै भोलिदेखि चिडियाखाना खुल्ने

२४ मंसिर, काठमाडाैँ । चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने भएको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा. चिरञ्जीवि प्रसाद पोखरेले जानकारी दिनुभयो । चिडियाखाना अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने पोखरेले बताउनुभयो ।

एकपटकमा ७ सयदेखि ८ सयजनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउनेछन् । भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने छ ।

प्रकाशित मिति : December 9, 2020 at 8:39 am