१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समूहले हत्या गरेकाे आशंका

२३ मंसिर, काठमाडाैँ । मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो। घरबाटै उठाएर बर्खे जंगलमा लगेर  हत्या गरेको खड्काले जनाएका छन् । प्रहरी उपरीक्षक खड्काले भने प्रारम्भिक जानकारी अनुसार  श्रेष्ठको हत्यामा विप्लव समूहको संलग्नता रहेकाे देखिन्छ ।

‘बिहान ६ः१५ बजेतिर चार पाँच जनाको संख्यामा आएका अपहरणकारीले शिक्षकलाई घरबाट उठाएर ‘घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरेका छन्।’ श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक थिए । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेकाे छ । थप अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुग्दैछ, ‘ उनले भने ।

प्रकाशित मिति : December 8, 2020 at 11:48 am