१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

रौतहट बम विस्फोटका अर्का प्रतिवादी पक्राउ

२२ मंसिर, काठमाडाैँ । विसं २०६४ को संविधानसभा चुनावलाई लक्ष्य गरी साविक राजपुर फदरहवा गाविस– ४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आज सोही स्थान निवासी महनाव आलमलाई प्रदेश नं २ को प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । आलमलाई नेपाल–भारत सिमानामा पर्ने बोधिमाई नगरपालिका–७ बाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निर्देशनमा उक्त विष्फोटको घटना लुकाउने उद्देश्यले विस्फोटमा मृत्यु र घाइते भएकालाई ट्र्याक्टरमा राखी इँटाभट्टामा जलाइएको स्वीकार गरेको खुल्न आएकाले महनावलाई पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

फाइल फाेटाे

आफ्ताव आलमका भाइ महनावविरुद्ध २०६४ चैत २८ गते भएको संविधानसभाको चुनावलाई लक्ष्य गरी चैत २७ गते उक्त स्थानको गोठघरमा प्रतिवादीले विस्फोटक पदार्थ भण्डारण गरी बम बनाउने क्रममा विष्फोट हुँदा नारायणसिंह राजपुतका छोरा त्रिलोकप्रतापसहित १४ जनाको मृत्यु भएको थियो । पूर्वमन्त्री आफ्ताव आलम हाल हिरासतमा हुनुहुन्छ ।

प्रकाशित मिति : December 7, 2020 at 2:47 pm