१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

ट्राफिक प्रहरीलाई १६० रुपैयाँ घुस दिन खोज्ने १ जना पक्राउ

२२ मंसिर, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय टर्मिनलमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएर काठमाडौँको चाबहिल बस्ने ३५ वर्षका बा ३३ प ६५ नम्बरको मोटरसाइकल चालक उज्ज्वल आचार्य रहेका छन् ।

फाइल फाेटाे

यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गर्न खोज्दा उनले १६० रुपैयाँ घुस दिन खोजेकाले उनलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अघि बढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।उनलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

प्रकाशित मिति : December 7, 2020 at 10:00 am