आफ्नै भाइलाई कुटपिट गर्ने १ जना पक्राउ
२१ मंसिर, सिन्धुपाल्चोक। आफ्नै ७५ वर्षीय भाइ पेमा घ्याम्सो लामालाई कुटपिट गरेको अभियोगमा लिसंखुपाखर गाउँपालिका-२ भलोटी बस्ने ८४ वर्षीय कर्मा ओङ्चु लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी शुक्रबार पेमा र कर्माबीच झगडा हुँदा पेमा घ्याम्सो लामा सामान्य भएका थिए । घाइते पेमा घ्याम्सो घरमै सुतिरहेकामा शनिबार दिउँसो सुतेको अवस्थामा मृत फेला परेका थिए । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कौर्यालय बाह्रविसे र प्रहरी चौकी लिशंखुबाट खटिएको प्रहरीले कर्मालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : December 6, 2020 at 1:02 pm



