आज हल्का वर्षा र हिमपातको सम्भावना
२१ मंसिर, काठमाडौँ। काठमाडौँ उपत्यकासहित अहिले धेरै ठाउँको मौसम बद्ली भएको छ । भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण उपत्यकासहित मध्य र पूर्वलगायत अन्य केही ठाउँको मौसम बद्ली भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेकाे छ । यस्तै आज हिमपातको पनि सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण अबको तीन दिन नै मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । अहिले देशका धेरै ठाउँमा हुस्सु लागेको छ ।
प्रकाशित मिति : December 6, 2020 at 8:51 am



