५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका किशोर आइसोलेसनबाट फरार

१९ मंसिर, धनगढी । बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका किशोर फरार भएका छन् । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका राजेन्द्र बोहरा फरार भएका हुन्।

पुर्पक्षका लागि कारागार चलान भएका बोहरा भागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। कोरोना पोजेटिभ देखिएपछि बाल सुधार गृहमा राखिएका बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट भागेका हुन् ।

गत असोजमा बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा बोहरा पक्राउ परेका थिए। जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरे पनि उमेर कम भएका कारण बोहरालाई बाल सुधार गृहमा राखिएको थियो।

प्रकाशित मिति : December 4, 2020 at 8:42 am