पेप्सीकोलामा मोटरसाइकल दुर्घटना, प्रहरी जवानसहित २ जना गम्भीर घाइते
१९ मंसिर, काठमाडाैँ । काठमाडाैँकाे पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । काठमाडाैँको पेप्सीकोलामा दुई ओटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

बा ९१ प १८१८ नम्बरको र रा ५ प ४५९१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नक्सालमा कार्यरत प्रहरी जवान २८ वर्षका युवराज गिरी र चितवन घर भइ पेप्सीकोला बस्ने भागिराम केसी घाइते भएका हुन् ।भागिरामले जाँडरक्सी पिएर मोटरसाइकल चलाएको खुल्न आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : December 4, 2020 at 8:25 am



