१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

नेपाल–भारतबीच समस्या सुल्झाउने सहमति बनिसक्योः भारतीय विदेशमन्त्री जयशंकर

१८ मंसिर, काठमाडाैँ । भारतीय विदेश मन्त्री एस जयशंकरले नेपाल र भारतले आपसी समस्याहरूलाई सुल्झाएर अघि बढ्ने निर्णय गरिसकेको बताएका छन् । विदेशमन्त्री जयशंकरले भारतीय समाचार पत्र द हिन्दुलाई दिएको अन्तर्वार्तामा संसारमा समस्यारहित कुनै छिमेकी नभएको उल्लेख गर्दै त्यसलाई कसरी हल गरेर अघि बढ्ने भन्ने कुरा महत्वपूर्ण भएको बताए ।

उनले कुनै एउटा घटनालाई दुई देशको सम्बन्धको मूल्यांकनको आधार बनाउनु नहुने समेत स्पष्ट पारे । ‘समस्या अझै पनि हुन सक्छन्, मतलब संसारमा समस्या नभएका कुनै दुई छिमेकी मुलुक छैनन्,’ उनले भने,‘अहिले धेरैजसो हाम्रा छिमेकी लोकतान्त्रिक प्रणाली भएका छन् ।

मुख्य कुरा के हो भने उनीहरूको आफ्नो राजनीति छ, हाम्रो आफ्नो राजनीति छ त्यही भएर मुद्दाहरू हुन्छन् । प्रश्न तपाईं ती मुद्दाहरूलाई कसरी सुल्झाउनु हुन्छ, साझा विन्दु पत्ता लगाएर सम्बन्धको दरारलाई कसरी कम गर्नुहुन्छ भन्ने हो ।’ उनले नेपालसँग केही मुद्दाहरू भए पनि अहिले दुबै देशले साझा हितका लागि तिनलाई सुल्झाएर अघि जाने निर्णय गरिसकेको समेत बताए।

प्रकाशित मिति : December 3, 2020 at 1:21 pm