१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

माहुरीको टोकाइबाट सप्तरीमा ६ महिनाकी गर्भवतीको मृत्यु

१७ मंसिर, काठमाडाैँ । माहुरीको टोकाइबाट सप्तरीमा गर्भवती महिलाको मृत्यु भएको छ । रुपनी गाउँपालिका- १ रुपनी बजार निवासी राजेश यादवकी २४ वर्षीया पत्नी रमिला यादवको  माहुरीको टोकाइबाट मृत्यु भएको हो । मृतक महिला ६ महिनाकी गर्भवती थिइन् ।

मंगलबार दिउँसो खेतबाट र्फकँदै गर्दा घरदेखि झण्डै ५ सय मिटर पश्चिम शम्भुनाथ नगरपालिका १ खोक्सरमा महिलालाई माहुरीले टोकेको  परिवारको भनाइ छ ।


एकै पटक महिलाको मुख, घाँटी र छातीमा  सयौं माहुरीले टोकेकाे थियाे । माहुरीको टोकाइबाट सिकिस्त घाइते भएकी उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिए पनि उनको मृत्यु भएको परिवारजनले जनाएका छन् ।

प्रकाशित मिति : December 2, 2020 at 12:24 pm