१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पाल्पा र स्याङ्जामा दुई कोरोना संक्रमितको मृत्यु

१७ मंसिर, पाल्पा । पाल्पा र स्याङजामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमितको दुबैजनाकाे पाल्पा लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो ।


पाल्पाको बगनासकाली गाउँपालिका–१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका–४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी १४ गते अस्पताल भर्ना भएका थिए ।मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : December 2, 2020 at 10:39 am