१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

नेकपा सचिवालय बैठकमा यसरी मनाइयाे अर्थमन्त्री पौडेलको जन्मदिन

१६ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक बस्नुअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए । सो क्रममा उपाध्यक्ष गौतमले पौडेललाई १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिएकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले  जानकारी दिए ।

    

प्रकाशित मिति : December 1, 2020 at 2:52 pm