१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

टान र पर्यटन बोर्डबीचको टिम्स विवाद अन्त्य, पदयात्रामा मृत्यु भएका मजदुरकाे परिवारले पाए राहत

१ असार, काठमाडाैँ । टान र पर्यटन बोर्डबीचको टिम्स विवाद अन्त्य भएकाे छ । विगत पाँच वर्षदेखि जारी रहेकाे टिम्स विवाद अन्त्य भएसँगै पदयात्राका क्रममा मृत्यु भएका मजदुरहरुका परिवारले राहत पाएका छन । बाेर्ड र टानका बीचमा रहेकाे विवाद अन्त्य भएकाे र टिम्सको पुरानाे सम्झाैता अनुसार  पदयात्राका क्रममा मृत्यु भएका  मजदुरकारका परिवारले पाउन नसकेकाे राहत सुरूमा उपलब्ध गराइएको टानका काेषाध्यक्ष रामकृष्ण तिमल्सिनाले जानकारी  दिए । उनले टानकाे वर्तमान कार्यसमितिको अथक प्रयासका बाबजुद पर्यटन बोर्डसँग पुरानो सम्झाैता कार्यान्वयनमा सहमति जुटेकाे बताए ।

सहमति भएसँगै शुक्रबार बिहान पर्यटन बोर्डको हलमा एउटा कार्यक्रमको अायोजना नै गरी ३३ जनालार्इ राहत हस्तान्तरण गरेको छ ।पदयात्राका क्रममा विभिन्न समयमा मृत्यु भएका मजदुरहरुका परिवारलाई टानले जनही २ लाख ५० हजारका दरले राहत हस्तान्तरण गरेकाे काेषाध्यक्ष तिमल्सिनाले बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, बाेर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, बोर्डका सदस्य एवम् टिम्स संयोजक कुष्णकुमार अर्याल, टानका पूर्व अध्यक्षहरू अारपी पन्त, ज्योति अधिकारी, दीपक महत, चन्द्र रिजाल लगायत उपस्थित रहेका थिए ।

रमेश धमला नेतृत्वको टान कार्यसमितिले खर्चमा मनपरी गरी भ्रष्टाचार गरेपछि बाेर्डले सम्झाैता अनुसारको रकम दिन अनाकानी गरिरहेको थियो । पुरानो समस्या समाधान र बेरूजु फर्छ्याैट गर्दै जाने गरी बोर्ड सम्झाैता अनुसार टिम्सको रोकिएको रकम निकासामा सहमत भएको हो ।

यी हुन राहत पाउनेहरू

 

प्रकाशित मिति : १ असार २०७५, शुक्रबार १२:३३