११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

टानद्धारा पदयात्राको क्रममा मृत्यु भएका ३३ मजदुर परिवारलाई जनही २ लाख ५० हजार राहत हस्तान्तरण

१ असार,काठमाण्डौँ । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आज विहान पदयात्राका क्रममा मृत्यु भएका मजदुरहरुका परिवारलाई टानले जनही २ लाख ५० हजार राहात रकम हस्तान्तरण गरेको छ ।नेपाल पर्यटन बोर्ड र ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) बीच सम्झौता भए पछि पदयात्राको क्रममा मृत्यु भएका मजदुरहरुका परिवारले राहात रकम पाएको टानले जनाएकाे छ ।

टानले पदयात्राको क्रममा मृत्यु भएका मजदुरहरुका परिवारलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव श्री कृष्णप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा ३३ मृतक मजदुरहरुको परिवारलाई राहत रकम हस्तान्तरण गरेको हो ।मृतक मजदुरहरुको प्रति परिवारलाई २ लाख ५० हजार हस्तान्तरण गरेको टानले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : १ असार २०७५, शुक्रबार १०:४६