१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कक्षा १२ को परीक्षा आजदेखि शुरू

९ मंसिर, काठमाडाैँ । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । देशभर ४ हजार १ सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन राष्ट्रिय परिक्षा बोर्डले निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । कोरोना सङ्क्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ । ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिइने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार ०७:०१