११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

ट्राभल एजेन्सीको नाममा दलाली गर्ने तीन संस्थामा शिलबन्दी

२८ जेठ, बुटवल, । रुपन्देहीमा ट्राभल एजेन्सीको नाममा दलाली गर्ने तीन संस्थामा शिलबन्दी भएको छ । जिल्ला अनुगमन समितिले ट्राभल एजेन्सीहरुको अनुगमन गर्दा बेलहियामा रहेका विनचेष्टर ट्राभल एण्ड टुर्स प्रालि, महाराजा ट्राभल्स एण्ड ट्रेकर्स र लिंक एब्रोड टुर्स एण्ड ट्राभल्सले विना दर्ता दलालीमात्र गरेको पाइएकाले अनुगमन समितिले शिल गरेको हो ।

उनीहरुले ट्राभल एजेन्सीको नाममा पर्यटकहरुलाई ठगी गरेको प्रमाणित भएको छ । तीनै कम्पनीले कुनै पनि आधिकारिक निकायमा दर्ता नगरी वा अन्य शहरमा दर्ता गराइ गैरकानूनी रुपमा एजेन्सी खोलेको अनुगमन समितिका संयोजक बेदप्रकाश उपाध्यायले बताए ।

पर्यटक आगमनको बिन्दु क्षेत्रबाट नै बिभिन्न बिचौलियाहरुले पर्यटकहरुलाई गलत सूचना दिइ उनिहरुलाई अल्पत्र पार्ने र ठग्ने गरेका छन् । नेपालका बिभिन्न स्थानमा ट्रेकिङ्गदेखि होटल बुक गर्ने नाममा मोटो रकम लिइ उनीहरु पर्यटकहरुलाई उक्त सेवाहरु नदिइ भाग्ने गरेको उपाध्यायको भनाइ छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार २०:२२