१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

बेनीमा जीप दुर्घटना : एक जनाकाे मृत्यु, १० घाइते

१४ कात्तिक, बेनी । रघुगंगा–६ पाखापानीबाट बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएकाे छ । बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा शुक्रबार ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

मृतक बालिका दसैंमा मामाघर गएर घर फर्कन बेनीतर्फ आउँदै गर्दा दुर्घटनामा परेकी थिइन् । जीप सडकबाट २५ मिटर तल कालीगण्डकी किनारमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिनबहादुर खड्काले बताए ।

प्रकाशित मिति : October 30, 2020 at 3:02 pm