१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

सीमा नाकाबाट हुने प्रवेशमा थप एक महिना रोक लगाउने मन्त्रिपरिषद्को निर्णय

२७ असोज, काठमाडाैँ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सीमा नाकाबाट हुने प्रवेशलमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, बैठकले मानवअधिकारको पाँच वर्षे कार्ययोजना समेत पारित गरेको छ । कोभिड–१९ जोखिम बढ्दैगएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतमा रोक लाइदै आएको छ । यद्यपि, ढुवानी र निश्चित नाकाबाट हुने आवागमन चालू अवस्थामा नै रहेका जनाइएको छ । यसअघि असोज मसान्तसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।

प्रकाशित मिति : 07:16