१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

२५ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन । शाहीविरुद्धको अविश्वासको प्रस्तावमा नेकपाका १८ जना सांसदहरुले हस्ताक्षर गरेका छन ।

नेपालको स‌विधानको धारा १८८ को उपधारा ४ अनुसार प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था छ अनुरूप अनविश्वासको प्रस्ताव दर्ता गरिएको सांसदहरूले बताएका छन ।

उनीहरूले  संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई प्रस्ताव दिएर प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन ।अविश्वासको प्रस्तावमा पूर्वमन्त्री समेत रहेका सांसद यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् । हस्ताक्षर गर्नेमा पूर्व एमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : 14:37