बरू कोदोको झोल र गाँजा विदेश निर्यात गराैँ…
-माधव जोशी
सम्भावना नभएको देश र क्षमता नभएको मान्छे हुँदैन । मलाई नि त्यस्तै लाग्छ सबै मान्छे क्षमतावान हुन्छन् । हामी जस्ता मानिसले आफ्नो क्षमतालाई अरूको भलाइको लागि खर्च गरेका छौँ । मेरो सोच्ने दायरा र विषय आफ्ना लागि कम र अरूका लागि बढी हुन सक्छ । आफ्नो पीडा भूलेर अरूको लागि साच्नु मेरो दिनचर्या हो ।
कहिलेकाही म चरम निराशाले ग्रसित हुन्छु । देश बनाउन खोज्नेहरू जनशक्ति विनाशको बाटो होइन । नव नेपाल निर्माणको बाटोमा शान्तिपूर्ण ढंगले सरिक हुनुपर्छ । गरौ भने सम्भावना के छैनन् र ! जलस्रोतको धनी देश पर्यटन क्षेत्रमा अझै विकास गर्ने हो भने अब्बल सम्भावना छ । उद्योग धन्दा खोल्ने हो भने नेपाल विश्वकै धनी देश बन्न सक्छ । यस्ता प्रशस्त सम्भावना भएको देश हो नेपाल । योग्यताका प्रमाणपत्र पाउन पनि कम गार्हो छैन तर योग्यताको प्रमाणपत्र पाए अनुसार आफूसँग बौद्धिकता र सीपको विकास हुनु आवश्यक छ ।
बाँचुञ्जेल संसारभर देश बनाउने सुत्र बाँड्ने स्वतन्त्र सिंगापुरका पहिलो प्रधानमन्त्री ली क्वान युलाई परिश्रमी मुलुकका मानवअधिकारवादी प्रजातान्त्रिक तानाशाह माने पनि सिंगापुरेहरूले उनलाई राष्ट्रपिता मान्छन । आखिर के नै खुबीले ली क्वान युले सिंगापुरलाई सम्पन्न राष्ट्र बनाए के सुत्र थियो उनीसँग ? के यस्तो प्रचुर सम्भावना भएको देश नेपालको के सम्भावना छैन र !
विद्युत उत्पादनका लागि असीमित सम्भावना बोकेको देशका रूपमा नेपाल परिचित छ । भू-बनावट तथा खोलानाला र उत्तरी क्षेत्रमा रहेका हिमश्रृंखलाले जलविद्युत विकासका सम्भावनालाई टेवा पुर्याएको छ । विकसित देशमा विद्युत खपत अत्याधिक छ भने नेपाल जस्तो न्यून जीवनस्तर तथा उद्योग विकास नभएको देशमा कम छ । आगामी दिनमा उत्पादित बिजुली उचित प्रयोग गरि आन्तरिक रूपमै खपत बढाउन नेपालले योजनावद्ध रूपमा अगाडि बढनु जरुरी देखिन्छ ।
नेपालको आर्थिक विकासका लागि पर्यटन र जडिबुटीको ठूलो महत्त्व छ । विश्वमा नै पर्यटन एउटा प्रमुख उद्योगको रूपमा विकसित भएको छ । त्यस्तै जडिबुटी पनि अर्को महत्वपूर्ण उद्योगको रूपमा अघि बढेको देखिन्छ । विभिन्न देशहरूमा उत्पादन वा आयात निर्यात हुने पदार्हथहरू वा सामाजिक सेवाको एउटा ठूलो भाग पर्यटनको क्षेत्रमा खर्च हुन्छ वा पर्यटनबाट लाखौँ मानिसहरू रोजगारी पनि सिर्जना गर्न सक्छन् त्यस्तै जडिबुटीबाट पनि पाउन सक्छन् यसले गर्दा विश्वमा नै अनुसन्धानको केन्द्र बन्न सक्छ नेपाल ।
घरेलु उद्योग धन्दा नेपाली लोकल रक्सीको उपमा पाएको कोदोको झोल र गाँजाले गर्दा पनि धेरै मानिसले रोजगारी पाउन सक्छन र देशको आर्थिक विकास पनि हुन सक्छ । हामीले ब्राण्डिङ गरेर अघि बढ्ने हो भने नेपाली रक्सी विश्व बजारमा एउटा आकर्षक रक्सीको रूपमा पनि बिक्री हुनसक्छ । त्यसले गर्दा जनताको जीवनस्तरमा ठूलो अन्तर पार्न सक्छ ।
नेपालमा जस्तै बर्मामा पनि लामो समय निरङकुश शासन व्यवस्था रह्यो मानवअधिकार र प्रजातान्त्रका लागि नेपाली जनताले गरेको संर्घष भन्दा बर्मेली जनताले गरेको संघर्ष ठूलो छ । यदि आङ साङ सूकी प्रजातान्त्रको अगुवाइ गर्न अघि नबढेको भए के सम्भव थियो ? बर्मा अझै अन्धकारमा बाँचिरहेको हुन्थ्यो होला । बर्माको त्यो संघर्ष दुःख कष्ट र समस्या नयाँ पुस्ताका नेपाली पाठकका लागि दन्त्यकथा जस्तो लाग्न सक्छ।
कमरेड प्रचण्डले दशवर्षे जनयुद्ध गरेर पनि जनताको पक्षमा के परिवर्तन भयो र रु आन्दोलन गरेर पनि के नै परिवर्तन भयो र १ एउटा शासन परिवर्तन भयो । त्यो त कमरेड मदनकुमार भण्डारीले नै चुनौतिका साथ भन्नुभएको थियो सम्भावना भएरै भन्नु भएको थिएन होला शासन परिवर्तन भएर भयो त राजनीतिज्ञ र राजनीति गर्ने साधन परिवर्तन हुनुपर्यो तत्कालीन माओवादी गिरिजाप्रसाद कोइराला र माधव नेपालबीच शान्ति प्रक्रियामा ल्याउन पनि त्यति सम्भावना कहाँ थियो राजतन्त्र फाल्न पनि त्यति सम्भाव कहाँ थियो र ?
भारतीय नाकाबन्दीको समयमा तत्कालीन प्रधानमन्त्री एवं केपी शर्मा ओलीले लिनुभएको अडानले हाम्रो मुर्छित सपना पूरा हुने बाटोमा गएको छ । आज हामी समृद्धिको सपना बोकेर पूरा गर्ने बाटोमा लम्किरहेका छौँ । प्रधानमन्त्रीले देखेका सपना मात्र होइन उहाँले व्यक्त गरेका विचारले समेत ठूलो परिवर्तनको शंखघोष गरेको छ । प्रधानमन्त्रीलाइ गिज्याउनेहरू अहिले सप्तकोषी र नारायणणीमा मोटरबोट चढ्न थालेका छन भने नेपालको आफ्नै रेल समेत जनकपुर आइपुगेको छ । पाइपलाइनबाटै पेट्रोलिय पदार्थ नेपाल आइरहेको छ । यसकारण कुनै पनि कुरा प्रयत्नबिना सम्भव हुँदैन भन्ने भाव बुझेर हामीले देशको विकासका लागि युवाशक्तिलाइ परिचालन गर्नुपर्छ । नेपालमै केही गराैँ भन्ने युवाले प्रधानमन्त्रीबाट पर्याप्त उत्प्रेरणा पाउने अवस्था छ ।
एउटा डाक्टरले देश बनाउन कसरी सक्यो होला मान्छको चेकजाँच गर्ने मान्छेले देशको नै चेकजाँच गर्नु भयो त्यो डा महाथिर महम्मदबाट सिके हुन्छ । गल्ती सबैका हुन्छन् मान्छे गल्तीको घर हो भयंकर कठिनाइ र अभावको वावजुद पनि माक्र्सको परिवार अति मिलनसार र सुखी थियो, हामी कम्युनिस्ट पाटीका नेता कार्यकर्ताले त्यसैबाट नै व्यावहारिक शिक्षा सिकेर अगाडि बढे राम्रो हुन्छ सम्भावना छ गर्न सक्नु पर्यो देश विकासमा राजनीतिको महत्त्वपूर्ण भूमिका रहन्छ नागरिकका माग प्रति सरकारलाई सहिष्णु र सहनुभूतिशील पनि बन्नुपर्छ ।
प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार १९:५९