१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

विद्यार्थीको सिकाइस्तर खस्कीएको शिक्षकको गुनासो

१९ असाेज, काठमाडाैँ । कोरोना महामारीका कारण धेरै प्रभावित बनेको एक शिक्षा क्षेत्र पनि हो । करिब छ महिनापछि शैक्षिक संस्थाहरु सञ्चालनमा आँउदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर अहिलेको परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालीकाको सिकाइस्तर भने खस्कीएको पाइएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७, डाँडागाँउका सन्तोष नेपाली श्री पन्चकन्या आधारभुत विद्यालयको ६ कक्षाको प्रथम विद्यार्थी हुन् । कक्षा पाँचबाट प्रथम भएर छ मा गएका सन्तोष छ महिनापछि मात्रै कक्षा छ को पढाइ गर्न विद्यालय आउन पाँउदा खुसी हुनुहुन्छ् । घरमा बस्दा कहिले घरायसी काम त कहिले साथीभाइसँग खेलेरै समय विताएका नेपाली आफुलाई पढ्नुपर्छ भन्ने चाँही लागेको बताउँनुहुन्छ ।

तर पनि विद्यालय आएर नियमित पढेजस्तो चाँही नभएको उहाँको अनुभव छ । सन्तोष कोरोनाको त्रासको विचमा विद्यालय आउनुपर्दा माक्स लगाएर आउने गर्नुहुन्छ । घरबाट निस्कने बेला स्यानीटाइजार लगाएर आउने गर्नुभएका उहाँ विद्यालयमा भने पटक पटक साबुनपानीले हात पनि धुने गर्नुहुन्छ । लकडाउन खुकुलो भएसँगै विद्यालय सञ्चालन भएर पढ्न पाँउदा आफु खुसी भएको उहाँको भनाई छ ।

फाइल फाेटाे

सोही ठाँउका सुस्मीता भण्डारी पनि कक्षा ६ मा नै पढ्नुहुन्छ । कोरोना महामारीकै बीचमा विद्यालय सञ्चालन हुँदा आफु सचेत र सुरक्षीत भएर विद्यालय आउने गरेको उहाँले बताउनुभयो । लामो समय विद्यालय बन्द हुँदा साथीहरुसँग भेटघाट गर्न नपाएकोले दुःखी भएपनि अहिले भने विद्यालय खुलेपछि सबै साथीहरुसँग भेट गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । कोरोना संक्रमणबाट जोगीन भने रुखाखोकी लागेको साथीलाई विद्यालय नआउन भन्ने गरेको र आइहालेमा दुरी कायम गरेर मात्रै बस्ने गरेको उहाँको भनाई छ ।

पटक पटक साबुनपानीले हात धुने गरेकी सुस्मीता पनि घरमा बस्दा पढाइलाई खासै समय दिन नसकेको स्विकार्दै विद्यालय खुल्दा खुसि लागेको बताउँनुहुन्छ । सुस्मीताकी आमा लक्ष्मी भण्डारी पनि विद्यालय खुलेकोमा आफु धेरै खुसि भएको बताउनुहुन्छ । आफ्ना बच्चा घरमा बस्दा पढाइमा खासै समय दिन नसकेको उहाँको भनाई छ । छोराछोरी घरमै बरालिएर बस्दा पढाइमा खासै समय नदिएकोमा अहिले विद्यालय खुलेपछि भने बच्चाको शैक्षिक स्तर सुधार हुने उहाँको अपेक्षा छ ।

पञ्चकन्या आधारभुत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेल लामो समयपछि विद्यालय खुल्दा विद्यार्थीको शैक्षिक स्तर भने खस्कीएको पाएको बताउनुभयो । कोरोना महामारीबाट बच्न सबैजसो स्वास्थ्य मापदण्ड पुरा गरेर कक्षा सञ्चालन गरे पनि सबै विद्यार्थीले सो मापदण्ड पुरा गर्न नसकेको उहाँको भनाई छ । छ महिना मात्रै विद्यालय बन्द हुँदा पनि विद्यार्थीको शैक्षिक स्तर धेरै खस्किएको पाएको उहाँले बताउनुभयो ।
अझै पनि देशभरीका शैक्षिक संस्था बन्द रहेका छन । कतिपय विद्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय संञ्चालनको तयारी गरिरहेका छन । सरकारले वैकल्पिक माध्यमका पढाइ सञ्चालन गर्न भनेपनि खासै प्रभावकारी बन्न नसकेको जानकारहरु बताउँछन ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार १४:५२