१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

क्यान्सरबाट हरेक वर्ष २६ हजार नेपालीले ज्यान गुमाउछन

१० असोज, काठमाडाैँ । नेपालमा क्यान्सरबाट मात्र हरेक वर्ष २६ हजार जनाले ज्यान गुमाउने गरेको पाइएको छ । शनिबार १६औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं वी पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सक समारोहमा भर्चुवल सम्बाेधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमात्र क्यान्सर रोगबाट वार्षिक २६ हजार जना नागरिकले ज्यान गुमाइरहेको जानकारी दिनुभयो ।

उहाँले क्यान्सर रोगले सबैलाइ दुःख दिइरहेको बताउँदै वार्षिक रूपमा विश्वमा ९६ लाख मानिसले विभिन्न प्रकारका क्यान्सरका कारण मृत्युवरण गरिरहेको जानकारी दिनुभयो । क्यान्सरबाट मृत्युहुनेहरू मध्ये ७० प्रतिशत नागरिक नेपाल जस्तै देशका रहेको बताउँदै हामीले पनि क्यान्सर वृद्धिको कारण खोजेर निदानका लागि काम गर्नुपर्ने बताउनुभयो ।

सोक्रममा मन्त्री ढकालले अस्पतालले प्रकाशन गरेका विभिन्न तीन पुस्तक सार्वजनिकीकरण गर्नुभएको थियो । शनिबारबाटै भरतपुर अस्पतालमा इटिकेटिङको पनि शुरू भएको छ । मन्त्री ढकालले भर्चुवल माध्यमबाटै अस्पताले इटिकेटिङका लागि तयार पारेको एप्स क्लिक गरेर सोको शुभारम्भ गर्नुभयो । यसले क्यान्सर अस्पतलमा सेवा लिन अाउने सेवाग्राहीलाइ अब टिकटकै लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरेको छ ।

प्रकाशित मिति : September 26, 2020 at 6:22 pm