१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

नेप्सेमा सामान्य गिरावट, २ अर्ब ६३ करोड बढीकाे काराेवार

५ असोज, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६.१२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा गिरावट आउँदा परिसूचक एक हजार ५६९.०६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.३८ ले ओरालो लागेर ३१२.२४ मा पुगेको छ ।

कूल १९५ कम्पनीको ८५ लाख ६५ हजार ७८ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ बराबरको कारोवार भएको छ । कारोवार भएक कूल १२ उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह १२.२३ ले उकालो लाग्दा बैंकिङ ४.३२, व्यापार १०.९९, होटल ३२.६१, विकास बैंक ११.५, जलविद्युत् ५.८८, वित्त ९.४३, निर्जीवन बीमा ५४.९८, अन्य १.४३, लघुवित्त ७.३८, जवन बीमा ६७.८५ र सामूहिक लगानी कोष ०.११ बिन्दुले ओरालो लागेका छन् ।

कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २१ करोड ३८ लाख ८४ हजार ४५८ बराबरको कारोवार भएको छ । यस्तै नेपाल पुर्नबीमा कम्पनी रु १४ करोड ९० लाख ३६ हजार ९२९, रिलायन्स लाइफ इन्स्योरेन्स रु १२ करोड ९८ लाख ५५ हजार ८६५, छिमेक लघुवित्त रु सात करोड १९ लाख १५ हजार ९७६ र शिखर इन्स्योरेन्स कम्पनी रु छ करोड ५३ लाख ५५ हजार ५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधमार युनाइटेड फाइनान्स १०, नेशनल हाइड्रोपावर कम्पनी ५, पञ्चकन्या माई हाइड्रोपावर ४.८१, सिन्धु विकास बैंक ३.७६ र नाडेप लघुवित्तका लगानीकर्ताले ३.६१ प्रतिशतले कमाए । यस्तै लिवर्टी इनर्जी १०, रैराङ हाइड्रोपावर ९.८०, घलेम्दी हाइड्रो ९.५२, माउण्टेन हाइड्रो ७.८९ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ६.६१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : September 21, 2020 at 5:21 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/