आशा लघुवित्तले गर्यो लाभांश दिने घोषणा, बाेनस शेयर र नगद कति
१ असाेज, काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको संचाल समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनकाे लागि 0.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
लघुवित्तले ३ करोड ४८ लाख ४३ हजार २०० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १८ लाख ३३ हजार ८५३ रुपैयाँ नगद गरि कुल ३ करोड ६६ लाख ७७ हजार ५३ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।

हाल २३ करोड २२ लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनशपश्चात चुक्ता पुँजी २६ करोड ७१ लख ३१ हजार २०० रुपैयाँ पुग्नेछ। संचालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात संस्थाको आगामि वार्षिक साधारणसभापछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : September 17, 2020 at 11:23 am









