५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विश्व वातावरण दिवसका अवसरमा टानको आयोजनामा स्वयम्भुनाथ मन्दिरको सफाइ (फोटोफिचर)

–दुर्गा पुडासैनी
२२ जेठ, काठमाडौँ । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)ले विश्व वातावरण दिवस सरसफाइ कार्यक्रम गरी मनाएको छ । मंगलबार बिहान स्वयम्भुनाथ मन्दिर क्षेत्रको सरसफाइ गरी टानले विश्व वातावरण दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गरेका थिए ।

सरसफाइ कार्यक्रममा स्वायम्भू क्षेत्रबाट ४ ट्रक फोहर संकलन गरिएको टानका कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाले दैनिकीलाई जानकारी दिए । सफाइ कार्यक्रममा टानका पदाधिकारी, सदस्य, कर्मचारीको अलवा पर्यटन व्यवसायी र विभिन्न संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएकाे टानका मिडिया संयोजक गोपाल श्रेष्ठले बताए । उनले टानलार्इ पछिल्लो पटक क्रियाशिल बनाउन गठित वातावरण समितिका संयोजक पिके शेर्पाको संयोजनमा सफाइ अभियान गरिएको बताए ।

तस्बीरमा हेर्नुहोस् सफाइ कार्यक्रम

   

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार ०९:५८